|  

बागमती प्रदेश सरकारको दशैं उपहार, सार्वजनिक यातायातमा २३ प्रतिशतले भाडा बृद्धि

२१ आश्विन २०७८, बिहीबार ०७:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।

संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश ९राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको० भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।

पछिल्लो एक सातायता काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातले आफूखुसी भाडा लिँदै आएका थिए । यातायात व्यवसायीले आफूखुसी भाडा बढाएपछि ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि चक्रपथमा गाडी तेर्स्याएर विरोध नै गरेका थिए ।

यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा बागमती प्रदेशका यातायात मन्त्री केशवराज पाण्डेलाई नै भेटेर भाडा समायोजन गर्न दबाब दिएको थियो । आजसम्म प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा नबढेमा आन्दोलनको चेतावनी व्यवसायीहरुले दिएका थिए ।

संघीय सरकारले भाडा समायोजन गरिसकेको र व्यवसायीले पनि दबाब दिन थालेपछि प्रदेश सरकारले भाडा समायोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव अशोक कुमार शाहले जानकारी दिए । उनले उपत्यका बाहिरको हकमा २३ प्रतिशत भाडा बढेको बताए ।

यस्तै, उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा बढीको भाडादर ३५ रुपैयाँ कायम भएको मन्त्रालयले जानकारी दिएको छ ।

२१ आश्विन २०७८, बिहीबार ०७:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस