|  

बागमती प्रदेश सरकारको न्यूनमत साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

१७ मंसिर २०७८, शुक्रबार ०९:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले करिब एक महिनाको छलफल र अध्ययन पश्चात तयार पारेको सरकारको न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गरेका हो । गठबन्धनमा आवद्ध दलहरुका तर्फबाट प्रदेश सभा सदस्य युवराज दुलालको संयोजकत्वमा गठित कार्यदलले सरकारको न्यूनतम कार्यक्रम मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

जसमा कोभिड–१९ संक्रमबाट प्रवासमा रहेका नेपाली नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभुती दिलाउने गरी सरकार सञ्चालन गरिने लगायतका प्राथमिकताहरु राखिएको छ ।

त्यसैगरी गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच, आर्थिक सामाजिक रुपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक रुपान्तरणमा जोड दिने, कृषि तथा उत्पादनमुखि अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने कार्यक्रमहरु प्रदेश सरकारको मुख्य कार्यक्रम हुने उल्लेख गरिएको छ ।

पूर्णपाठ

common program

१७ मंसिर २०७८, शुक्रबार ०९:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस