|  

बाढि पहिरो पिडितको घरदैलोमा वडा अध्यक्ष ढ्ङ्गाना: पिडितलाई राहत दिलाउने प्रतिबद्दता

३० श्रावण २०७७, शुक्रबार १४:२९ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष राजकुमार ढुङ्गाना यहीँ साउन ५र२२ गतेको अविरल बर्षाले भएको क्षतिको कारण वडा बासिमा पर्न गएको समस्या समाधान गर्न जनताको घर दैलोमा पुग्नु भएको छ।अविरल बर्षाले गजुरी गाउँपालिकाको विभिन्न टाेल बस्तीनै जोखिममा परेपछि तिब्र रूपमा अनुगमन तथा राहत बितरण कार्यलाई अगाडि बढाएको छ।बर्षाले गजुरी गाउँपालिका वडा नं.८को एक घर पुर्ण रूपमा क्षति भएको छ।भने ७०घर अांशिक क्षति सङ्गै राेपाइ गरिसकेको खेतमा बाढि लागेर खेतबारी को अन्नवालिमा पनि क्षति भएको छ।वडा अध्यक्ष ढुङ्गानाले अहिले तत्काल पुर्ण क्षति भएको १ घरलाई राहतको रूपमा त्रिपाल,भाडाकुडा,लत्ताकपडा ,कम्मल दिनुभएको छ।भने अांशिक क्षति भएको जनताको घरदैलोमानै गाेइ क्षतिको अाधारमा राहत दिलाउने प्रतिबद्दता गर्नुभएको छ।अनुगमन गर्दै वडा अध्यक्ष राजकुमार ढुङ्गानाले अाफु समृद्ध वडा निर्माण गर्ने अभियानमा रहेकोले साेहि अभियानमा साथ दिन वडा बासिमा पनि अनुरोध गर्नुभएको छ। साथै विपद को समयमा सजक र सतर्कता अपनाइ सुरक्षित रहन पनि अनुरोध गर्नुभएको छ।

३० श्रावण २०७७, शुक्रबार १४:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस