|  

बाल अधिकारकर्मी बिपना शर्मा राष्ट्रको उत्कृष्ट युवा अवार्डबाट सम्मानित

१० पुष २०७६, बिहीबार २०:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बालअधिकार कर्मि विपना शर्मा राष्ट्रको उत्कृष्ट युवा “द आउटस्ट्यान्डीङ्ग युथ अफ नेशन अवार्ड” बाट सम्मानित भएकि छन् । पश्चिम नवलपरासीको सुनवल निवासि शर्मा नेपाल जेसिजको रत्ननगर चितवनमा आयोजित ४६ औ राष्ट्रिय महाधिवेशनमा उक्त अवार्ड बाट सम्मानित भएकि हुन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई अवार्ड प्रदान गर्नुभएको थियो । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका युवाहरुलाई निश्चित मापदण्डका आधारमा दिईने अवार्डमा विपना छानिएकि हुन् । उनले यस्ता अवार्डले समाजिक क्षेत्रमा काम गर्न थप हौसला मिल्ने गरेको बताउदै बालबालीका र युवाका सवालमा आफ्नो अभियान जारी राख्ने बताएकि छन् ।

बालमैत्रि अभियान्ता समेत रहेकि शर्मा सानै उमेर देखि समाजिक कार्यमा सक्रिय छन् । उनी सुनवलमा समुदाय स्तरमा गठित पहिलो बालकल्बको अध्यक्ष थिईन् भने जिल्ला बाल संञ्जालको अध्यक्ष हुदै उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा अवार्ड पनि प्राप्त गरेकि छन् । सन् २०१५ मा पहिलो ग्लोकल टिन हिरो अवार्ड हात पारेकि विपनाले सोहि वर्षनै ताईवानमा बालीका दिवसको अवसरमा आयोजित कार्यक्रममा एसियन गल्र्स ह्युमन राईट्स अवार्ड पनि प्राप्त गरेकि थिईन् ।

यस्तै उनले सन् २०१८ मा युवा परिषद नवलपरासीद्धारा प्रदान गरिएको युवा प्रतिभा पुरस्कार पनि हात पार्न सफल भएकि थिईन् भने यसै वर्ष उनि अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको एक सभामा सहभागि हुदै नेपालको बालमैत्रि अभियान र बालअधिकारका क्षेत्रमा भईरहेका काम बारे प्रस्तुती समेत दिएकि थिईन् । सो सभामा नेपालको तर्फ देखि बालमैत्रिको सवालमा प्रस्तुती दिने उनि पहिलो व्यक्ति समेत हुन् । हाल उनि बालमैत्रि स्थानिय शासन राष्ट्रिय मंञ्चमा रहेर बालमैत्रि अभियानको अभियान्तको रुपमा काम गरिरहेकि छन् ।

१० पुष २०७६, बिहीबार २०:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस