|  

बाल विकास सहजकर्ताहरुको लागि गजुरीमा क्षमता अभिबृद्धि कार्यशाला सुरु

२ माघ २०७७, शुक्रबार १९:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गानाले बताएका छिन् । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेकाे बताउँदै उपाध्यक्ष ढुङ्गानाले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्ने बेला अाएको बताएका छन् । गजुरी  गाउँपालिका बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताएका छन् । बाल विकास सहजकर्ताहरुको लागि बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा सामाग्री निर्माण सम्बन्धि क्षमता अभिबृद्धि कार्यशाला शुरुवातको अवसरमा गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गानाले उक्त कुरा बताउनु भएको हो । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गर्ने क्रममा सहजकर्ताहरुको ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन नौ दिने कार्यशाला गरिएको हो । दोस्रो चरणमा गजुरी गापाका ४५ मध्ये २२ बिद्यालयका सहजकर्ताहरुको लागि कार्यशाला पौष २९ गते बुधबारबाट गजुरीमा शुरुवात भएको हो । यस अघि पहिलो चरणमा २३ वटा बिद्यालयका सहजकर्ताहरुको लागि क्षमता अभिबृद्धि कार्यशाला सम्पन्न भई सकेको छ । गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । बालबालिकाहरुको मस्तिष्कको ८० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको शिक्षा शाखा प्रमुख भिमसेन बिष्टले बताउनु भयो । कार्यशालामा बाल विकास के हो ? किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार कक्षाकालाई किन छ कुनामा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ ,बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह ,अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापाले सहजिकरण गर्नु हुनेछ ।

२ माघ २०७७, शुक्रबार १९:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस