|  

बाल सञ्जाल द्दरा राष्ट्रिय बाल दिवसको अवसरमा विवध कार्यक्रम सम्पन्न

२८ भाद्र २०७६, शनिबार १८:४७ प्रकाशित
भुवन भण्डारी / गजुरि

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र २८, धादिङ
गजुरी गाउँपालिका वडा नं.५ मा रहेको अग्रशिल वडा स्तरीय बाल संञ्जाल को अायोजनामा र गजुरि गाउँपालिका वडा नं ५ र प्रयास नेपाल धादिङको अार्थिक सहयोगमा सुनिश्चित बाल अधिकार समृद्ध नेपाल को अाधार भन्ने मुल नारा सहित २९ औ राष्ट्रिय बाल दिबश अवसरमा अन्तर बाल समूह बिच बक्तृत्वकला र (१-५) र म्युजिकल चेअर प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा बाल सञ्जाल को अध्यक्षता रहेको थियोे,भने वडा अध्यक्ष रामचन्द्र मिजार प्रमुख अातिथ्यता रहेको थियोे, सङ्गै अतिथिहरु मा बाल संरक्षण तथा सम्बर्द्धन समिति संयाेजक,वडा सदस्य,वि.व्य.स. अध्यक्ष,प्र.अ.समाजसेवी,बाल अभियान्ता हरुको अातिथ्यता रहेको थियोे। त्यसैगरी गजुरि गा.पा. वडा नं ५ मा रहेको ५ वटा सामुदायिक विद्यालय र संथागत १ विद्यालय को सहभागीता रहेको थियोे,भने बाल समूह तर्फ विद्यालय स्तरीय र समुदाय स्तरीय गरेर १३ बाल समूह सहभागी भएको थियोे।

कार्यक्रममा बक्तृत्वकला तर्फ समाज सुधार बाल समुहको सुजन श्रेष्ठ प्रथम,बागेश्वरी बाल समुहको मेनुका राई द्दितिय,सुनौलो भविष्य सामुदायिक बाल समूह सुष्मा लामिछाने तृतीय र ज्ञान ज्याेति बाल समुहको सुजन सुबेदिले चौथो स्थान हासिल गरेका थिय,भने म्युजिकल चेअरतर्फ सरस्वती अा.बि.को हरि सुनार प्रथम,डाेल भञ्ज्याङ् मा.बि.को उष्मा प्रर्जा द्दितिय र डाेल भञ्ज्याङ् मा.बि.कै शंखर मगर ले तृतीय स्थान हासिल गरेका छन् ।

कार्यक्रममा प्रथम,द्दितिय,तृतीय हरुलाई बाल सञ्जाल अध्यक्ष ,वडा अध्यक्ष लगाएत ले प्रमाण पत्र ,सैक्षिक सामाग्री र नगद प्रदान गर्नुभएको थियोे ।

२८ भाद्र २०७६, शनिबार १८:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस