|  

बेनिघाट रोराङ गाउपालिकाको अपाङ्गता भएकाहरुका लागि कर्जा बीउ पुँजी वितरण कार्यक्रम सम्पन्न

२८ असार २०७८, सोमबार १८:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट रोराङ गाउपालिकाको अपाङ्गता भएकाहरुका लागि कर्जा बीउ पुँजी कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना सि बि आर सहयोग कार्यक्रम सन्चालन अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुका लागि लघु कर्जा बीउ पुजीँ कार्यक्रम सोमबार गाउँपालिकामा भएको हो ।
अपाङ्गता भएका ब्यक्तिहरुमा भएको सीप कला व्यबहारमा पनि उतार्न सकियोस सहज होस भन्ने हेतुले 3,00,000/- आर्थिक रकम सहयोग गरि 5% ब्याजदरमा प्रदान गरेको छ । बेनिघाट रोराङ गाउपालिका अध्यक्ष पित्त ब डल्लाकोटी(हरि) को प्रमुख आतिथ्य , उपाध्यक्ष देवि प्र सिल्वाल र प्र प्र अ लक्ष्मण भट्टराई को विशेष आतिथ्य मा बेनिघाट रोराङ गाउपालिका को आयोजकता मा अपाङ्ग अभियान नेपाल नामक सस्था द्वारा सहजीकरण गरिएको अपाङ्ग अभियान नेपालका अध्यक्ष आवास डल्लाकोटिले जानकारि दिनु भयो ।

२८ असार २०७८, सोमबार १८:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस