|  

बेनिघाट रोराङ-१० गोईराङमा एमालेका टोल बासि नै माओवादी केन्द्रमा प्रवेश

१२ आश्विन २०७८, मंगलवार १९:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट रोराङ-१० गोईराङमा एमालेका टोल बासि नै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच माओवादी केन्द्र बेनिघाट रोराङका इञ्चार्ज पीत्त बहादुर डल्लाकोटी `हरी´ले खादा लगाएर स्वागत गरेका छन् । माओवादी केन्द्र ले आयोजना गरेको टोल भेलामा एमालेका सकृय कार्यकर्ता स्याम बहादुर गुरुङको नेतृत्वमा टोलका सबै एमाले कार्यकर्ता तथा शुभ चिन्तक माओवादी केन्द्र प्रवेश गरेका हुन ।
एमाले बाट २०७४ को निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेका उजरसिंह गुरुङ , राप्रपा बेनिघाट रोराङका सचिव टंक गुरुङ लगायता माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।

१२ आश्विन २०७८, मंगलवार १९:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस