|  

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सँस्था धादिङको पहिलो अध्यक्षमा रुपाखेती

१ माघ २०७७, बिहीबार ०९:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
भ्रष्टाचार विरुद्ध नागरिक स्तरबाट सचेतना फैलाउन र सुशासन कायम गर्न सहजीकरण गर्ने उद्देश्यका साथ गठित भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सँस्था धादिङको पहिलो अधिवेशनले पिण्डा गाउँ बिकास समिति पुर्व अध्यक्ष प्रमोदराज रुपाखेतीको अध्यक्षतामा ९ सदस्यी कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समितिका उपाध्यक्षमा थाक्रेका शंकर तामाङ, सचिबमा ज्वालामुखीका केशव दुवाडी, सहसचिवमा बेनीघाट रोराङका टापबहादुर श्रेष्ठ र कोषाध्यक्षमा शिद्धलेककी सबिता अर्याल निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरुमा ईश्वरी अर्याल, सानुबाबु बराइली, कुमारबहादुर कार्की र देबकी पौडेल रहेकाछन्।
सँस्थाले जिल्लाका विभिन्न गाउँ तथा नगरपालिका र कार्यालयहरुसँग समन्वय गरी भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्ने योजना बनाएको सचिव केशव दुवाडीले बताउनु भयो ।

१ माघ २०७७, बिहीबार ०९:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस