|  

मजदुरका ८५ जना बालबालिकालाई खाद्यान्न सहयोग

१० आश्विन २०७७, शनिबार १९:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्रयास नेपाल धादिङले ४१ औ  सामाजिक सेवा दिवसको अवसर पारेर धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाका ईट्टा तथा गिट्टी कुट्ने लगायतका क्षेत्रमा कार्यरत मजदुरका ८५ जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । १ जनालाई २५ केजीको १ बोरा चामल दाल २ केजी ,नुन १ केजी,खानेतेल १ लिटरका दरले गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो । ।गाउँ तथा नगरपालिका तथा वडा कार्याल ,समन्वयमा विश्व शिक्षा नेपाल र गैसस महासंघ संघको सहयोग तथा सहकार्यमा खाद्यान्न सहयोग गरिएको हो । प्रयास नेपालले बालबालिकाको क्षेत्रमा लामो समय धादिङ जिल्लामा कार्य गर्दै आएको छ ।

१० आश्विन २०७७, शनिबार १९:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस