|  

मनोसामाजिक परामर्श सम्बन्धि तीन दिने तालिम गजुरीमा सम्पन्न

१७ श्रावण २०७८, आईतवार ०८:४० प्रकाशित
प्रदेशहब संवादाता

भुवन भण्डारी


श्रावण १७ गजुरी/धादिङ
मनोसामाजिक परामर्श सम्बन्धि तीन दिने तालिम गजुरी सम्पन्न भएको छ । प्रयत्नशिल सामूदायिक बिकास समाज (प्रयास नेपाल) धादिङले प्लानेट ईन्फाट एण्ड डेभललोपमेन्ट र गजुरी गाउपालिकाको साझेदारिमा सञ्चालन गरेको बालबिकास कार्यक्रम अन्तरगत बालबिकास सहजकर्ताहरुको तालीम मंगलबारबाट सुरु भई बिहिबार सम्पन्न भएको हो । प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कंडेलको अध्यक्षता, गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,उपाध्यक्ष सीता ढुङगाना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरस्वती सिलवालको आतिथ्यता भएको तालीममा ३० जनाको सहभागीता रहेको थियो । बालविकास कक्षालाई थप प्रचावकारी बनाउन बाल विकास सहजकर्ताहरुले बाल मनोबिज्ञानको बारे सुक्ष्म रुपमा जानकारी हुनु आवश्यक रहेकाले बाल बिकास कक्षालाई लक्षित गरी तालीम गरिएको प्रयास नेपाल धादिङ का कार्यकारी निर्देशक दामोदर आर्यालले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिको अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले गजुरी गाउँपालिका सम्य र शिक्षित समाज निर्माण गर्ने मुख्य पात्र बाल विकास सहजकर्ताहरुको रहेको बताउँदै आफु कार्यरत विद्यमलयमा उत्तत्ररदायित्व र जिम्मेबारी बोधका साथ कार्य गर्न अनुरोध गर्नु भएको थियो । बाल विकास कक्षाको सहजिकरण राम्रो भएमा आगामी १० बर्षमा गुणस्तर सहितको शैक्षिक उपलब्धी बताउनु भयो । कार्यक्रममा प्रशिक्षक सुदिप घिमिरेले मन, समाज भनेको के हो यसबाट उत्पन्न हुने समस्याले समाजमा कस्तो असर पुग्दछ । मनोसामाजिक समस्या कारी पत्ता लगाउने ,मनोसामाजिक समस्याका कारण लक्षण र यस्को असरहरु मनोसामाजिक समस्याका ४ पक्ष शरिर,मन, व्यवहार र सम्बन्ध, बालबालिकामा देखिने मानसिक समस्याहरु,बालबालिकामा देखिने मनोसामाजिक समस्याहरु,बलबिकासको बिकासात्मक अवस्था सहजीकरण गर्नु भएको थियो । साथै ३ दिन सम्म सञ्चालित मनोसामाजिक परामर्श सम्बन्धि तालिममा नवजात शिशु अवस्था,बाल्यवस्था ,यौन तथा किशोरावस्था,बालबालिका सग गरीने बोली चाली गर्ने तरिका र खुल्ला र बन्द प्रश्न,संवेग चार्ट,परिवारको किसिम,तनाब के हो ? तनाबको प्रकार, तवाबको अवस्था सकारात्मक र नकारात्मक व्यवहार जस्ता विषयमा छलफल भएको गजुरीबाट रेनुका रुपाखेतीले जानकारी दिनु भयो ।

१७ श्रावण २०७८, आईतवार ०८:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस