|  

मन्त्री जम्कटेलको पहलमा मौवाखोला पुल मर्मत पछि संचालनमा आयो

९ श्रावण २०७७, शुक्रबार १६:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मन्त्री जम्कटेलद्धारा पहिरो प्रभावित क्षेत्रको अवलोकन,


बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले धादिङ जिल्लाको बाढी प्रभावित विभिन्न ठाउँहरुको स्थलगत अवलोकन गर्नु भएको छ । जिल्लाको गजुरी गाउँपालिका २, चालिसे, मलेखु, बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानहरुको बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोक गरि स्थानिय प्रशासनलाई आवश्यक निर्देशन दिनु भएको हो । गजुरी गाउँपालिकाको चालिसेमा निरन्तर आएको वर्षाको कारण गाउँ नै जोखिमा परेको छ । गाउँका १४ घर माथि ध्वाजा फाट्दा जोखिममा परेको हो । सो क्षेत्रको मन्त्री जम्कटेल सँगै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सिता ढुंगाना, प्रमुख जिल्ला अधिकारी आष्मान तामाङ, जिल्ला प्रहरी कार्यलयका प्रमुख रविन्द्र रेग्मी लगायतले अवलोकन गरि बस्ती जोखिममा परेको भन्दै बस्ती सार्ने तयारी भएको बताएका छन् ।
मन्त्री जम्कटेलको विषेश पहलमा पृथ्वी राजमार्ग अन्र्तगत पर्ने चितवन र धादिङको सिमानामा रहेको मौवाखोला पुलमा तत्कालको लागी साना सवारी साधन हरु एम्बुलेन्स लगायतका सवारी साधन जान सक्ने बाटो बने सँगै साना सवारी साधनहरु संचालनमा आएका छन् । पूर्ण रुपमा पुल मर्मत गरि सक्न अझै केही दिन लाग्ने भए पनि तत्कालको लागि एम्बुलेन्स लगायत साना गाडीहरु चल्ने गरि बाटो खोलीएको धादिङका प्रमुख जिल्ला अधिकारी आष्मान तामाङले बताउनु भयो ।

९ श्रावण २०७७, शुक्रबार १६:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस