|  

महादेववेशीमा ट्रक ले मोटरसाइकल लाइ ठक्कर दिँदा एक बालकको मृत्यु, दुई घाइते

२९ असार २०७८, मंगलवार १३:३३ प्रकाशित
प्रदेश हव डटकम


२९-असार, धादिङ
धादिङको थाक्रे–६ महादेवबेशीमा नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन् । घाईतेलाई उपचारका लागि काठमाडौ लगिएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृतक बालकको परिचय खुल्न बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिएपछि पुनः ब्याक गरि पेलेर भागेको उक्त ट्रक नजिकैको स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

२९ असार २०७८, मंगलवार १३:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस