|  

महिनावारी स्वच्छता व्यवस्थापन तथा घरायसी स्तरमा पुनः प्रयोग गर्ने प्याड निर्माण तालिम सम्पन्न

१० पुष २०७७, शुक्रबार १२:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/गजुरी
गजुरी पिडा माध्यामिक विद्यालय गजुरी ५ धादिङमा १ दिने महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि अभिमुखिकरण तथा पुनः प्रयोग गर्ने स्यानिटरी प्याड निर्माण तालिम सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममा कक्षा ८ देखी १२ सम्मका ३० जना छात्राको सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा महिनावारी भनेको के हो ,महिनावारी किन हुन्छ ,महिनावारी भएको बेलामा अपनाउनु पर्ने सावधानी , घरायसी स्तरमा प्रयोग गरिने प्याड तथा महिनावारी व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सहजिकरणका साथ सो पश्चात पुनः प्रयोग गर्न सकिने प्याड निर्माणका बिषयमा प्रयास नेपाल धादिङका जन स्वास्थ्य प्रर्वधक हेमराज महरा र गोविन्द प्रसाद विडारीले गर्नुभएको थियो।
स्थानीय स्तरमा नै घरायसी स्तरमा पुनः प्रयोग गरिने प्याड निर्माण गर्ने तरिका थाहा नहुँदा बजारबाट प्याड किनेर प्रयोग गर्दा मासिक ३ सय ५० रुपैया खर्च हुने गर्दथ्यो, अभिमुखिकरण पश्चात सिकेको सिपलाई व्यवहारमा परिवर्तन गर्दै आफै निर्माण गरी प्रयोग गर्ने र बिद्यालयका अरु साथिहरु तथा गाउँघरका महिला दिदीबहिनीहरुलाई पनि सिप सिकाउन लागि पर्ने कार्यक्रममा सहभागी छात्रा राधिका चेपाङले प्रतिबद्धता गरेकि छिन् ।
प्रयास नेपाल धादिङ र अक्सफामको साझेदारीमा संचालित पूर्णिमा वास परियोजनाको स्वास्थ्य र सरसफाइ कार्यक्रम अन्र्तगत १ दिने महिनावारी स्वच्छता व्यवस्थापन तथा प्याड निर्माण तालिम भएको हो । बिद्यालयका छात्राहरू लागि भएको अभिमुखिकरणले महिलावरीको समयमा हुने कक्षामा अनुपस्थित हुने संख्या घटाउन समेत सहयोग गर्ने बिद्यालय प्रधानाध्यापक रामकुमार श्रेष्ठले बताउनु भएको थियोे।

१० पुष २०७७, शुक्रबार १२:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस