|  

महिला स्वास्थ्य स्वयमं सेविकाहरुलाई गजुरी गाउँपालिकाले गर्यो सम्मान

२६ असार २०७८, शनिबार १४:४७ प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी ।
गजुरी गाउँपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई गाउँपालिकाले सम्मान गरेको छ । ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमं सेवीकाहरु धनमायाँ पाण्डे, गोमा खनाल र श्रीकन्या चेपाङ लाई नगद रु ५० हजार र प्रमाण पत्र सहित सम्मान गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरी रेग्मीले जानकारी दिनुभयो । गजुरी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत स्वयमं सेविकाहरुलाई वार्षिक यातायात खर्च बापत जनहि बाह्र हजारका दरले वितरण गरेको हो । उमेर हदका कारण सम्मान जनक विदाइ हुने स्वयम् सेविकाहरूलाई गाउँपालिका कार्यालयमा शनिवार एक समारोहका बीच गाउँपालिका अध्यक्ष श्री राजेन्द्र विक्रम वस्नेतले सम्मान पत्र सहित सम्मान तथा विदाइ गरेका हुन् ।

२६ असार २०७८, शनिबार १४:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस