|  

माओवादी केन्द्रद्वारा निर्वाचन आयोग गठन

२९ भाद्र २०७८, मंगलवार १८:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेकपा माओवादी केन्द्रले निर्वाचन आयोग गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो बसेको बैठकले पार्टीको निर्वाचन आयोग गठन गरेको हो। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले २२ सदस्यीय निर्वाचन आयोग गठन गरिएको जानकारी दिए।

आयोगलाई स्थानीय तहदेखि केन्द्रसम्मको नियमावली र निर्देशिका तयार पार्ने जिम्मेवारी दिइएको महराले जानकारी दिए। महराका अनुसार पार्टीको विधान तयार भइसकेको छ। विधानमा केही परिमार्जन गर्नुपर्ने भए आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्नेगरी विधान पास गरिएको उनले बताए।

त्यस्तै विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा आएकाहरूको समायोजनका विषयमा पनि छलफल भएको उनको भनाइ थियो। त्यस्तै प्रदेशका पदाधिकारी थपघटको विषयमा पनि बैठकमा छलफल भएको छ। आजको बैठकमा चार वटा एजेन्डामा छलफल भएको महराले जानकारी दिए। तर, मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा भने छलफल भएन।

‘मन्त्रिपरिषद् छिटोभन्दा छिटो विस्तार गर्नुपर्छ भन्ने त छँदैछ,’ उनले भने, ‘तर, यस विषयमा आज छलफल भएन।’

२९ भाद्र २०७८, मंगलवार १८:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस