|  

माओवादी केन्द्र गजुरी-४ को वडा भेला सम्पन्न

२५ आश्विन २०७८, सोमबार ०८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


माओवादी केन्द्र गजुरी-४ को वडा भेला आइतबार सम्पन्न भएको छ । गजुरी गाउँपालिका वडा नं. ४ को चिउरी खर्कमा भएको भेलाले नेकपा माओवादी केन्द्र गजुरी ४ को वडा सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।  भेलाले ईन्चार्जमा सन्तमान चेपाडं सह ईन्चार्ज कृष्ण बहादुर तमाडं अध्यक्ष यम बहादुर तामाङ उपाध्यक्ष जित बहादुर तमाङ सचिव विजय चेपाङ रहेको २९ सदस्य कमिटि चएन गरेको हो । कार्यक्रममा माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य तारा भण्डारी को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला कमिटसदस्यहरु दुर्लभ तामाङ, सुर्य तामाङ, अर्जुन भुजेल तथा गजुरी गाउँ कमिटी सदस्य गणेश श्रेष्ठ लगायतको अातिथ्यता रहेको थियो ।

२५ आश्विन २०७८, सोमबार ०८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस