|  

माओवादी केन्द्र धुनिवेशीको सबै वडामा अधिवेशन सम्पन्न, सर्वसम्वतमा नेतृत्व चयन

५ मंसिर २०७८, आईतवार १३:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र)ले शनिवारको लागी तय गरेको देशभरको वडा अधिवेशी धादिङमा पनि सम्पन्न भएको छ । जिल्लाको धुनिवेशी नगरपालिकाका ९ वटा वडा सबैमा माओवादी केन्द्रले वडा अधिवेशनबाट नयाँ नेतृत्व छानेको हो । धुनिवेशी नगरपालिकाका सबै वडामा माओवादी केन्द्रले एकै दिन शनिवार अधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्र धुनिवेशी नगर कमिटीका अध्यक्ष राजकुमार पाठकले बताउनु भयो ।
माओवादी केन्द्र धुनिवेशी नगरपालिका वडा नं. १ को अध्यक्षमा विष्णु तामाङ, २ नं. वडाको संजिव तामाङ, ३ नं. वडा को अध्यक्षमा दिपक सेडाई., ४ नं. वडाको अध्यक्षमा रामेश्वर गजुरेल, ५ नं. वडाको अध्यक्षमा लक्ष्मण रेग्मी’, ६ नं. वडाको अध्यक्षमा नकुल आचार्य, ७ नं. वडाको अध्यक्षमा प्रेम भट्ट, ८ नं. वडाको अध्यक्षमा रामेश्वर रुपाखेती र ९ नं. वडाको अध्यक्षमा उपेन्द्र चापागाई सर्वसम्वत रुपमा चयन भएका छन् ।

५ मंसिर २०७८, आईतवार १३:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस