|  

मुख्य मन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजिनामा

१० पुष २०७७, शुक्रबार १२:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा । बागमती प्रदेश सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब प्रदेशसभामा दर्ता गरिएको छ । बागमती प्रदेशको प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको हो ।
प्रदेशका तीन जना मन्त्री सहित ४६ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको दर्ता गरिएको हो । पुस्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टीले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो ।
अविस्वासको प्रस्ताब दर्ता गर्नका लागि प्रदेशका मन्त्री जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । सबै सांसद नेपाल र प्रचण्डपक्षका रहेका छन् । अविस्वासको प्रस्ताव दर्ता गर्ने काममा सहभागि नेपाल र प्रचण्ड पक्षका तीनै जना मन्त्रीहरुले राजिनामा समेत दिएका छन् ।

१० पुष २०७७, शुक्रबार १२:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस