|  

यी चार प्रदेशमा आज भारि वर्षा हुने

१६ श्रावण २०७८, शनिबार ०६:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज प्रदेश १, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केहि र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

१६ श्रावण २०७८, शनिबार ०६:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस