|  

यी हुन् कर नतिर्ने २१२ उद्योगी–व्यवसायी : १५ दिनभित्र कर नतिरे कडा कारवाही

१३ बैशाख २०७६, शुक्रबार ०६:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सरकार राजस्व लक्ष्य भेट्टाउन कडाइका साथ वक्यौता राजस्व उठाउनतर्फ लागेको छ । विभिन्न जिल्लाका आन्तरिक राजस्व कार्यालयले धमाधम सार्वजनिक सूचना नै प्रकाशित गरेर राजस्व तिर्न अटेर गर्नेलाई १५ दिनको म्याद दिँदै वक्यौता राजस्व तिर्न आह्वान गरेको छ ।
यसै शिलशिलामा आन्तरिक राजस्व कार्यालय धनगढीले पनि कर नतिर्ने २ सय १२ जना उद्योगी व्यवसायीको नाम सार्वजनिक गरेको छ ।
उनीहरुलाई १५ दिनभित्र बाँकी रहेको राजस्व तिर्न ताकेता गरेको छ । १५ दिनभित्र बक्यौता कर नतिरे कारबाहीमा उत्रने चेतावनी समेत राजस्व कार्यालयले दिएको छ ।
कर तिर्न आनाकानी गर्नेमा कलेज देखि लिएर इटा उद्योग, विभिन्न निर्माण कम्पनी, आयल स्टोर लगायत २ सय १२ उद्योगी तथा व्यवसायी रहेका छन् ।

१३ बैशाख २०७६, शुक्रबार ०६:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस