|  

यी हुन लोक स्टारका १० प्रतिस्पर्धी, जसमध्ये एकजनाले जित्ने छन ५० लाख

१८ भाद्र २०७६, बुधबार १०:०४ प्रकाशित
प्रदेश हव न्युज डेक्स


हाल संचालन भैरहेको सिङ्गिङ रियालिटी शो आइ. एम. इ. नेपाल लोक स्टारमा अब टप-१० का लागि साङ्गितिक प्रतिस्पर्धा हुने भएको छ।
उक्त रियालिटी शो मा कुल ३६ श्रीङ्खला निर्माण गरिने छ। आफ्नै मौलिक संगित लाई अन्तरास्ट्रिय ढाँचामा ढालेर नेपाली ब्राण्डमा बनेको यस शो मा करिव १० करोड रुपैयाँ लागत रहेको आयोजक ले जनाएको छ।
सात प्रदेशका मुख्य शहर हरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौ मा आयोजना गरिएको ओपन अडिशन मा हरेको शहर बाट ५० प्रतियोगी छनोट गरि कुल ३५० जना प्रतिस्पर्धि हरु छनोट भएका थिए।
छनोट भएका ३५० प्रतिस्पर्धी मध्ये १०९ जना ले निर्णायक अडिशन प्रवेश गरे। निर्णायक हरु ले एपिसोड ९ मा शिर्ष २५ प्रतिस्पर्धी हरु छनोट गरेका थिए।
एपिसोड ११ मा शिर्ष २५ मध्ये २० जना भोटिङ राउन्ड मा समाबेश भएका थिए। यस कार्यक्रम को एपिसोड १३ मा टप १६ जना छनोट भएका थिए। एपिसोड १५ र १७ मा २/२ जना बाहिरिएका थिए। एपिसोड १८ मा कुल १२ प्रतिस्पर्धी हरु को यात्रा सफल रह्यो। भोटिङ राउन्ड बाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट भिम नेपाली बाहिरिएका छन।
हाल टप १० मा उदयपुरका बिनोद दनुवार, स्याङ्जा का चेतन गोतामे, भोजपुर का दिपेन्द्र राइ, चितवन कि मुना अर्याल र बाजुराका पविन्द्र सुनार रहेका छन। त्यस्तै रामेछापका रामकुमार नेपाली, सर्लाहीका रबिराज शाह, रोल्पाका शनि बिस्वकर्मा, बाजुराका प्रभुराज पाण्डे  र अर्घाखाँची का सुशील आचार्य रहेका छन।
प्रत्येक बिहिवार र शुक्रवार बेलुकी ८:३० बजे ए.पि.वान. एच. डि. र डिशहोम रमाइलो मा प्रसारण भैरहेको लोक स्टार को प्रथम पुरस्कार ५० लाख, दोस्रो पुरस्कार २५ लाख रहेको छ भने तेस्रो पुरस्कार १० लाख रहेको छ।
साथै तिनै बिजेता हरुलाइ एल्बम को कन्ट्र्याक्ट को पनि ब्यबस्था रहेको छ। कार्यक्रम का निर्णायक हरु जयानन्द लामा, राम्जी खाँड र सुनिता दुलाल र बि. बि. अनुरागी रहेका छन।

१८ भाद्र २०७६, बुधबार १०:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस