|  

युवा सञ्जालको बाताबरण संरक्षणमा युवा अभियान लुम्बिनी बाट शुरु

१५ आश्विन २०७६, बुधबार ०८:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


युवा संजालको वातारवण संरक्षणमा युवा अभियान लुम्बिनीबाट सुरु

युवा परिचालन वर्ष २०७६ को अवसरमा ‘वातावरण संरक्षण गरौं, पर्यटन प्रवर्धन गरौं, सम्पदाको संवर्दन गरौं’ भन्ने मूल नाराका साथ बृहत् लुम्बिनी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषदद्वारा निर्माण गरिएको प्रदेश नं ५ युवा सन्जालको आयोजना तथा ग्रीन क्लव अफ लुम्बिनी र भैरव युवा क्लवको सह-आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय युवा संजाल अध्यक्ष बिबेक त्रिपाठी, प्रदेश ३. युवा संसद प्रधानमन्त्री रन्जन पौडेल, प्रदेश ५ युवा सन्जालका सदस्यहरु,सह आयोजक संस्थाका सदस्यहरु, सुनवलका बाल अभियन्ताहरु तथा स्थानिय युवा गरि करिव १०० युवाहरुको सहभागिता थियो । कार्यक्रममा राष्ट्रिय युवा सन्जालका अध्यक्ष बिबेक त्रीपाठीद्वारा कार्यक्रम संयोजक सरोज खनाल तथा सह-आयोजकदोय अर्जुन कुर्मी र सावन रानालाइ सरसफाइ सामग्री हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो । दुई घण्टासम्म चलेको सरसफाइमा लुम्बिनी प्रवेशद्वार वरिपरि सरसफाइ गरिएको थियो । युवालाई समाजप्रती उत्तरदायी बनाउन गौतम बुद्धको जन्मभुमी लुम्बिनीबाट यस अभियान सुरु गरिएको कार्यक्रम संयोजक संघिय युवा संसद एवम् प्रदेश ५ युवा सन्जालका पदाधिकारी सरोज खनालले बताउनुभयो । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा यस वर्षलाइ युवा परिचालन वर्षको रुपमा मनाउने निर्णय गरेको छ । जस अनुसार राष्ट्रीय युवा परिषद मार्फत राष्ट्राव्यापी युवा परिचालन गर्न राष्ट्रिय युवा सन्जाल, सबै प्रदेश तथा स्थानिय युवा सन्जालहरु, सबै तहका युवा संसदहरु युवा परिचालन सम्बन्धी १० आधारस्तम्भमा परिचालित हुने राष्ट्रिय युवा संजालका अध्यक्ष विवेक त्रीपाठीले बताउनुभयो ।

१५ आश्विन २०७६, बुधबार ०८:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस