|  

वर्षाले अवरुद्ध बनेको ग्रामीण सडक मर्मत गर्न जुटे माओवादीबाट निर्वाचित वडाध्यक्ष

२८ असार २०७८, सोमबार १७:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी / देश राजनीति को गर्मा गर्मीले ताति रहेको बेला धादिङका वडा अध्यक्ष भने वर्षाले नित्याएको विपत्तिको सामना गरिरहेका छन् । वर्षायाम शुरू भए सँगै ग्रामिण सडकहरु भत्किए पछि अावत जावत मै समस्या भए पछि माअोवादी केन्द्र बाट निर्वाचित वडा अध्यक्षद्वय सडक निर्माणमा जुटेका छन् । गजुरी गाउँपालिकाको किराञ्चोक जाने सडक लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो गए पछि किराञ्चोकका जानताले समस्या खेप्दै अाएका छन् । प्राबिधिक सहित सडक मर्मत को कार्यमा गजुरी गाउँपालिका वडा नं• ६ र ८ का वयाध्यक्षद्वय अर्जुन भुजेल र राजकुमार ढुंगाना जुटेका हुन् । आदमघाट -पर्खाले- थुम्कि थुम्कि चोतारा हुँदै पालुङ जाने सडककाे विभिन्न ठाउँमा पहिरो जाँदा केही दिन देखि सडक अवरुद्ध बन्न पुगेको हो । सडक मर्मतको काम शुरु भए सँगै १/२ दिन भित्र सडक संचालनमा अाउने बताईएको छ ।

२८ असार २०७८, सोमबार १७:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस