|  

विना आधार-प्रमाण मेरो व्यक्तिगत फोटो दुरुप्रयोग गरियो कारवाही प्रक्रिया अगाडि बढाएको छु ।रोशन थापा मगर

३१ भाद्र २०७६, मंगलवार १६:५२ प्रकाशित
उपेन्द्र जम्कटेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


केही दिन अगाडी ज्ञानेन्द्र शाहिले गरेको पत्रकार सन्मेलनमा भएको हुल हुज्जतमा आफ्नो कुनै उपस्थिति नरहेको र आफुलाइ थाहा नै नभएको विषयलाई अहिले सामाजिक संजालमा आफ्नो फोटो हाली विभिन्न आरोप र गाली गरेको प्रती पुल्चोक इन्जिनियर कलेज का स्ववियु सभापति रोशन थापा मगर ले आपत्ती जनाएका छन। उनले आफ्नो फेसबुक मा लेख्दै आपत्ति जनाएका हुन । उनले आफ्नो फोटो हाल्ने सम्पुर्ण लाइ कारबाही प्रक्रिया अगाडी बढाएको वताएका छन ।

उहाले आफ्नो फेसबुक लेखिएको कुरा जस्ता को त्यस्तै

आदरणीय साथीहरु, भाद्र २९ गते पुल्चोक क्यामपस अघि भएको Gyanendra Shahi को पत्रकार सम्मेलनमा मेरो कुनै पनि किसिमको संलग्नता नभएको जानकारी गराउन चाहन्छु, यद्यपि केही मानिसहरूले मेरो फेसबुक बाट जनार्दन शर्मा “प्रभाकर” सँगै रहेको फोटो प्रयोग गरी पत्रकार सम्मेलनमा हुल हुज्जत गरिएको भनेर लाल्छना लाइएको छ । उक्त पोस्ट हरु हजारौँ पटक शेयर भइसकेका छन, यद्यपि विना आधार कसैको व्यगतिगत फोटो आरोप लगाई शेयर गर्ने मानसिकताको चेतनास्तर हेर्दा म अचम्मित छुइन । विना आधार-प्रमाण मेरो व्यक्तिगत फोटो दुरुप्रयोग गर्ने निज व्यक्ति लाई मैले कानुनी कारवाही अगाडि बढाइसकेको छु र म्यासेज मार्फत सौहार्दता प्रदान गर्नु हुने सम्पूर्ण लाई आभार व्यक्त गर्न चाहन्छु ।।

३१ भाद्र २०७६, मंगलवार १६:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस