|  

विभिन्न देशबाट स्वदेश फर्केका नागरिकलाई सम्पर्कमा आउन आग्रह

१७ चैत्र २०७६, सोमबार ०८:३१ प्रकाशित
प्रदेश हव न्युज डेस्क


काठमाण्डाै – सरकारले ‘लकडाउन’ सुरु नहुँदै काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण फैलिएका विभिन्न देशबाट नेपाल आएका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेकाे छ ।

छिमेकी देश भारत सहित तेस्रो देशबाट नेपाल आएका नागरिकबाट काेराेना भाइरस सङ्क्रमणकाे जाेखिम बढेकाे भन्दै सरकारले आफै सम्पर्कमा आउन आग्रह गरेकाे हाे । सङ्क्रमण भइहाले पनि लुकेर बस्दा थप भयावह स्थिति आउन सक्नेतर्फ सचेत बन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेकाे छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सङ्क्रमण पुष्टि भएका पनि विदेशबाट स्वदेश फर्किएका नै भएकाले उनीहरुसँगै सम्पर्कमा रहेका अरुमा पनि सङ्क्रमणकाे जाेखिम हुनसक्ने भएकाले जतिसक्दो छिटाे आफैले सम्बन्धित पालिका वा प्रहरीमा जानकारी गराउन अनुराेध गर्नुभएकाे छ ।

त्यस्तै नेपाल प्रहरीले पनि पहिचानमा सघाउन अनुराेध गरेकाे छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले सके आफै सम्पर्कमा आउन र नआए राहदानीका आधारमा खाेजिने बताउनुभयाे । नेपाल प्रहरीले विदेशबाट आउनेहरुकाे पहिचान गर्ने काम गरिरहेकाे उहाँको भनाइ छ ।

गएकाे चैत ४ गते कतार एअरवेजबाट नेपाल आएका दुई जनामा काेराेना सङ्क्रमण भएको पुष्टि भइसकेकाे छ ।

 

१७ चैत्र २०७६, सोमबार ०८:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस