|  

वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकार को निर्णय

१७ चैत्र २०७६, सोमबार ०८:०६ प्रकाशित
प्रदेश हव न्युज डेस्क


काठमाण्डाै – सरकारले आउँदाे वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।

काेराेना भाइरस (कोभिड १९) सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

सरकारले यसअघि चैत ८ गतेदेखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पहिलेकाे निर्णय अनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भन्नुभयो, ‘कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।

 

१७ चैत्र २०७६, सोमबार ०८:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस