|  

शैशव मञ्च नेपाल द्वारा “स्थानीय तहको बालसहभागितामा युवाको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० भाद्र २०७७, शनिबार २०:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


“बालबालिकाका लागि शैशव” भन्ने आदर्श वाक्यका साथ बालबालिकाहरु द्वारा बालबालिकाका क्षेत्रमा विद्यमान विकृति, विसंगति र समस्याको न्यूनीकरण गर्दै “बालमैत्री नेपाल’ सिर्जना गर्ने पवित्र अभियानका साथ उदय भएको राष्ट्रीय व्यापी बाल सेबक सञ्जाल शैशव मञ्च नेपालले आज “स्थानीय तहको बालसहभागितामा युवाको भुमिका” विषयक पहिलो भर्चुयल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा मानवअधिकारकर्मी तथा सामाजिक अभियान्ता सुशील राजभार, सामाजिक अभियान्ता प्रदीप पराजुली, वातावरण अभियान्ता तथा दिगो विकास सप्ताह काठमाडौं कार्यक्रम प्रमुख आशिष लामिछाने, मानवअधिकार वकील कुञ्जना परियार र बालअधिकारकर्मी सहिल अन्सारी हुनुहुन्थ्यो भने कार्यक्रम सहजकर्ताका रुपमा शैशव मञ्च नेपाल कार्यक्रम विभाग प्रमुख अभिनास कार्की हुनुहुन्थ्यो ।

देशका विभिन्न भू भागबाट जोडिनु भएका बालबालिका तथा युवालाई शैशव मञ्च नेपाल केन्द्रीय उपाध्यक्ष मनिषा सापकोटा ले स्वागत गर्दै भन्नुभयो “बालमैत्री नेपाल बनाउने उद्देश्यमा हामी सबैको सहयोग हुनेछ भन्ने शैशव मञ्च नेपालले आशा गरेका छ’।

कार्यक्रमका वक्ता तथा सामाजिक अभियान्ता प्रदीप पराजुलीले भन्नुभयो “बाल क्लब गठन देखी यो बर्ष सम्म आइपुग्दा बालबालिका तथा युवा शक्तिले के गर्न सकिन्छ भन्ने कुरा प्रष्ट पार्दै अब बालबालिकाका हरेक कार्यक्रममा युवाशक्ति साथ र सहयोग हुनुपर्छ”।

कार्यक्रममा वातावरण अभियान्ता तथा दिगो विकास सप्ताह काठमाडौं कार्यक्रम प्रमुख आशिष लामिछानेले दिगो विकासका लक्ष्य आव युवाले अनिवार्य जानैपर्छ यी लक्ष्यहरु मा के कुरा छन् यी लक्ष्यहरू बालबालिकासँग कसरी सम्बन्धित छन् भन्ने कुरा बालबालिकालाई जानकारी गराउनुपर्छ भन्ने सुझाब दिनुभयो ।

सामाजिक अभियान्ता सुशील राजभारले भन्नुभयो,’बालक्लबको आवश्यकता अपरिहार्य छ तर दिगो बनाउन युवाको भुमिका पनि अपरिहार्य छ। बाल क्लबमा आवद्ध बालबालिका पढाइका कारण बिचमै छोड्ने गर्दछन् त्यसैले अन्य बालबालिकालाई सक्रिय बनाउन युवाको महत्वपूर्ण भूमिका खेल्नुपर्दछ’ ।

बाल क्लबमा सिकेका ज्ञान सीप र अनुभवहरू समाजका धेरै क्षेत्रमा धेरै तहबाट युवाहरुले नै गरेका छन् तर आजको आवश्यकता भनेको हिजोको बालक्लवको नेतृत्व र बाल क्लबका आयमहरु र बालअधिकारका आयमहरु सिकेका व्यक्तिहरुले नै पहिले पहिले बालक्लव आवश्यक छैन भन्ने पनि गर्छन् यसकारण युवाका मुख्य तीनवटा भूमिका छन् भनेर उल्लेख गर्दै आजका कार्यक्रमका सहभागी तथा बालअधिकारकर्मी दिपक शर्माले मेसेज गर्नुभयो ।

“कतिपय स्थानीय तहले बालबालिकालाई प्राथमिकता दिएको पाइन्न। रोड पुल मा लगानी गर्नु भनेको तत्काल फाइदा हुनु हो भने बालबालिकामा लगानी गर्नु भनेको देश र परिवारको लागि दीर्घकालीन फाइदा हो’ भन्नुहुन्छ बालअधिकारकर्मी सहिल अन्सारी

कार्यक्रममा सहभागीले समायसन्दर्भिक प्रश्न पनि गर्नुभयो जसले कार्यक्रम थप प्रभावकारी बन्न पुग्यो ।

मानव अधिकार वकील कुञ्जना परियारले भन्नुभयो ,”नेपालले बालबालिका सम्बन्धी महासन्धि अनुमोदन गर्नु नै एक महत्वपूर्ण काम हो सबैमा सन्धीको धारा -१२ मा बालसहभागिता कुरालाई सैद्धान्तिक रुपमा राखिएको छ त्यसैले बाल सहभागिता हुनुपर्छ त्यो पनि अर्थपूर्ण सहभागिता”

सुदूरपश्चिम प्रदेशमा शैशव मञ्च नेपाल गठन भइसकेको जानकारी दिँदै अब छिटो नै कामप्रति लाग्ने सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख दिपेन्द्र भट्टले बताउनुभयो ।

कार्यक्रमको संचालन शैशव मञ्च नेपालका केन्द्रीय सचिव भुपेश कृष्ण घिमिरेले गर्नुभएको थियो भने संस्थाका भावी योजनाबारे प्रष्ट्याउँदै सम्पुर्ण सहभागी तथा अतिथिहरुलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रमको समापन शैशव मञ्च नेपालका केन्द्रीय अध्यक्ष दिवस कार्कीले गर्नुभयो ।

२० भाद्र २०७७, शनिबार २०:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस