|  

संघर्षशिल युवा समाज गजुरी को साधारणसभा सम्पन्न, अध्यक्ष मा रुपक अधिकारी

१८ मंसिर २०७८, शनिबार १७:०४ प्रकाशित
प्रदेश हव डटकम


 

१८ मंसिर, धादिङ
संघर्षशिल युवा समाज गजुरी १ को दशौ साधारणसभा सम्पन्न भएको छ। सम्पन्न साधारणसभा ले रुपक अधिकारी अध्यक्ष रहने गरि २१ सदस्य कार्यसमिति गठन गरिएको छ। नबगठित कार्यसमिति को बरिस्ठ उपाध्यक्ष मा प्रकाश उप्रेती, उपाध्यक्ष सरिता बल, सचिब मा सीता श्रेष्ठ र कोषाध्यक्ष मा हरि डल्लाकोटी रहेका छन।

नेकपा माओवादी केन्द्र गजुरी का इन्चार्ज तारा भण्डारी को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा माओवादी केन्द्र गजुरी का अध्यक्ष सुर्य तामाङ, दुर्लभ तामाङ, युवा संघ धादिङ का सह सचीव सन्दिप बस्नेत, ज्ञानु बर्तौला लगाएत का ब्यक्ति हरु आतिथ्यता रहेको थियो।

१८ मंसिर २०७८, शनिबार १७:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस