|  

सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न र पत्रकारिता को धर्म निभाउन वडा अध्यक्ष ढुंगानाको आग्रह

२४ जेष्ठ २०७६, शुक्रबार १५:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


केही दिन अघि “पाहुना बनेर आएका वडा अध्यक्ष का डोजर चालक ले मध्यरात मा छोरी माथी जबर्जस्ति गरेपछि” भन्ने शिर्षक मा दियो पोस्ट अनलाइन ले समाचार लेखेको थियो। सो समाचार मा गजुरि ८ का वडा अध्यक्ष राजकुमार ढुंगाना को नाम जोडिएको छ।

सो समाचार प्रती आफ्नो ध्यानाकर्षण भएको र नबुझी समाचार लेखेको भन्दै उनले दु:ख व्यक्त गर्दै आफ्नो डोजर नरहेको र डोजर चालक हरिकृष्ण बस्नेत पनि आफ्नो डोजर चालक नभएको भन्दै एक बिज्ञ्यप्ती निकालेका थिए।
सोहि समाचार पुनः कान्तिपुर दैनिक मा प्रकाशन भएपछी उनले सामाजिक संजाल फेसबुक मार्फत उक्त समाचार को खण्डन गर्दै यस्तो प्रतिक्रिया दिएका छन।

मिति २०७६/०२/२२ गते दियो पोस्टले प्रकाशन गरेको समाचारमा गजुरी गाउँपालिका वडा न ८ का वडा अध्यक्ष श्री राज कुमार ढुंगानाको डोजर चालक भनी आएको समाचार झुठो हो भनी दियो पोस्टलाई खण्डन गर्दा पनि २०७६/०२/२४ गतेको कान्तिपुरले सोही समाचार प्रकाशित गरेको हुँदा यस समाचार को खन्डन गर्दै घोर भत्सर्ना गर्दछु । यस्ता झुठो , कपोल्कल्पित र आधारहिन समाचारहरुको बिश्वास नगर्न पनि आम जनसमुदाय समक्ष अनुरोध गर्दछु । पत्रकार मित्रहरूलाई पनि सत्य तथ्य बुझेर मात्र समाचार प्रकासन गरि पत्रकारिताको धर्म निभाउनु हुन अनुरोध गर्दछु ।”

 राजकुमार ढुंगाना

वडा अध्यक्ष गजुरि ८

धादिङ

२४ जेष्ठ २०७६, शुक्रबार १५:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस