|  

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली नजाने

२८ भाद्र २०७८, सोमबार ११:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। सभामुख अग्नि सापकोटाले आज सोमबार दिउँसो २:३० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय छलफल बोलाएका छन्।
सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। छलफलमा प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्कमल दाहाल प्रचण्डलाई सभामुखले बोलाएका छन्।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवलगायत संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेतालाई बोलाइएको छ।

यस्तै,सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्। संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका हुन्। सर्वदलीय बैठकमा दलको प्रतिनिधि सहभागी हुने स्रोतले बतायो।

एमालेले सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै संसद् अवरोध गर्दै आएको छ। सभामुखले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाही प्रक्रिया अगाडि नबढाएकोप्रति एमाले असन्तुष्ट रहेको छ।

२८ भाद्र २०७८, सोमबार ११:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस