|  

सभामुख निवासबाटै पक्राउ परे कृष्णबहादुर महरा

१९ आश्विन २०७६, आईतवार १७:३४ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज १९, काठमाडौ
यौन दुर्व्यवहारको अभियोग लगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेकोे छ।

महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार महरालाई सभामुखको सरकारी निवास वालुवाटारबाट पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौंले आज उनलाई पक्राउ गर्न अनुमति दिएलगत्तै प्रहरीले महरालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महरालाई पक्राउ गरी यौन दुर्व्यवहार अभियोगमा अनुसन्धान प्रकृया अघि वढाइ्रएको हो ।
महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीको किटानी जाहेरीका आधारमा महरालाई पक्राउ गरिएको हो । शाहीले आफुलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

शाहीको कोठावाट महराको फुटेको चस्मा र उनले पिएको रक्सीको बोतल बरामद गरिसकेको छ । प्रहरीले यसैलाई प्रारम्भिक प्रमाण मान्दै अनुसन्धान प्रक्रिया अघि वढाइसकेको जनाएको छ ।

१९ आश्विन २०७६, आईतवार १७:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस