|  

सरकारले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान बन्द नगर्ने

१३ बैशाख २०७८, सोमबार २१:५५ प्रकाशित
प्रदेश हव न्युज डेस्क


सरकार ले विदेशबाट आउने यात्रुमाथि कडाइ गर्ने भएको छ यद्यपि तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अन्तर्राष्ट्रिय हवाइ उडान गर्ने कि नगर्ने भन्नेबारे लामो बहसपछि अन्तिममा तत्काल बन्द नगर्ने तर यात्रुहरूमाथि कडाइ गरिने निर्णय गरिएको हो ।

 

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीका अनुसार विदेशबाट आउने नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा निगरानी गर्न कठिनाइ हुने भएकाले त्यस्ता यात्रुहरुले तोकिएको समयसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।

 

यसअघि त्यस्ता यात्रुलाई होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था थिएन।  उनीहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसेपनि हुने व्यवस्था रहेकोमा हाल होटल क्वारेन्टाइन नै अनिवार्य गरिएको हो ।

 

 

 

१३ बैशाख २०७८, सोमबार २१:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस