|  

सल्यानटारमा बाल,संरक्षण र लैङ्गिकमैत्री बिद्यालय सम्बन्धि कार्यशाला सम्पन्न

२१ मंसिर २०७७, आईतवार ०८:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ मङ्सिर २०
सल्यानटार जनज्योति आधारभुत बिद्यालय त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा ३ दिने बिद्यालय सुधार सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत उप्रतीको अध्यक्षतामा भएको कार्यशालामा बाल संरक्षण,सुरक्षा,लैगिकमैत्री तथा बिद्यालय सुधार योजना लगायतका सम्बन्धित बिषयबस्तुमा आुमान नेपालका लैगिक अधिकृत उषा बि.क र भिएस्ओका राष्ट्रिय स्वयम्सेवक सुजा राईले सहजिकरण गर्नु भएको थियो । १७ गते बुधबारबाट भएको बिद्यालय सुधार सम्बन्धि कार्यशालामा बिद्यालय व्यवस्थापन समिति,अभिभावक शिक्षक संघ,शिक्षकहरु सुशासन समूहका सदस्यहरु र अभिभावक सहित २३ जनाको सहभागीता रहेको थियो । भिएस्ओको साझेदारीमा आसमान नेपालको सहयोग तथा जनज्योति आधारभुत बिद्यालय सल्यानटारको व्यवस्थापन भएको कार्यशाला समापन कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो । समापन कार्यक्रम प्रमुख अतिथि थापाले बिद्यालय शैक्षिक बिकासमा लागि बिद्यालयले बाल संरक्षण,सुरक्षा,बाल,लैगिकमैत्री हुनु पर्ने बताउनु भएको थियो । यसका साथै अध्यक्ष थापाले शिक्षकहरुले बिषयगत र कक्षागत सिकाई उपलब्धीको लक्ष्य तोकी सोही अनुसार शैष्कि सुधार तथा कक्षागत पाठ योजना तयारी गरी कार्यान्वयनमा जोड दिनु भएको थियो । कार्यक्रमका सहभागी अभिभावक जानुका दरैले कार्यशालाले बालबालिकाहरुलाई बिद्यालयमा सहज रुपमा सिकाई बढाउन वातावरण बनाउन सहयोग हुने कुराको बारे जानकारी भई कार्ययोजना समेत तय भएकाले सबै पक्ष मिलेर बाल संरंक्षण तथा सुरधार र लैगिक मैत्री बिद्यालय बनाउन लागि प्रतिबद्धता जनाउनु भएको छ । अभिभावक सुसिला श्रेष्ठ,देवकी अधिकारीको पनि अभिभावक जानुका दरैको भनाईमा सहमति जनाउँदै अब जनज्योति बिद्यालयलाई बाल तथा लैगिकमैत्री बिद्यालय बनाउन अभिभावकहरुको पुर्ण साथ सहयोग रहने बताउनु भएको थियो । कार्यक्रममा बिद्यालय प्रधानाध्यपक उपेन्द्र उप्रतीले गाउँपालिका अध्यक्षले दिनु भएको सुझाव सहित ३ दिने कार्यशालामा भएको सिकाई तथा तयार भएको बिद्यालय सुधार योजना पुर्ण रुपमा कार्यान्वयन गरी बिद्यालयको शैक्षिक लगाउत समग्र पक्षको विकासमा लागि पर्ने प्रतिबद्धता जनाउनु भएको सल्यान्टारबाट सल्ध्या बिकले जानकारी दिनु भयो।

२१ मंसिर २०७७, आईतवार ०८:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस