|  

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

९ मंसिर २०७६, सोमबार १७:४९ प्रकाशित
प्रदेश हव न्युज डेक्स


मङ्सिर ९, धादिङ
गजुरी गाउँपालिका ५ निवासी रामेश्वर सुवेदी लाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलि ले आइतबार पक्राउ गरेको छ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत धादिङ जिल्ला अदालतबाट मिति २०७५।०१।२५ गतेको फैसलाले २ वर्ष कैद हुने ठहरी फैसला भएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पिडा गा.वि.स. वडा नं २ हाल गजुरी गा.पा.५ बस्ने ३७ बर्षिय सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सुवेदी लाई  मिति २०७६।०८।०९ गते धादिङ जिल्ला अदालतमा पेश गरेकोमा सो कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान भएको जिल्ला प्रहरी कार्यलय धादिङ ले जानकारी दिएको छ।

९ मंसिर २०७६, सोमबार १७:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस