|  

सामाजिक सुरक्षा कोषले बलजफ्ती पारिश्रमिक कब्जा गर्न खोजेको भन्दै प्रभु बैंक गजुरीका कर्मचारले गरे विरोध

२० असार २०७८, आईतवार १६:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सामाजिक सुरक्षा कोषले बलजफ्ती पारिश्रमिक कब्जा गर्न खोजेको भन्दै प्रभु बैंक गजुरीका कर्मचारले गरे विरोध गरेका छन् । देश मै बसेर वैधानिक कार्य गरेर आर्जन गरेको पारिश्रमिक र त्यसमा पनि लाग्ने कर तिरेर बाँकी भएको विशुद्ध आफ्नै पैसा सामाजिक सुरक्षा कोषले बलजफ्ती कब्जा गर्न खोजे पछि आन्दोलन गर्नुको विकल्प छैन। हामीले हाम्रो पैसा कहाँ लगानी गर्ने र कसरी लगानी गर्ने त्यो विशुद्ध हाम्रो अधिकारको कुरा हो यसमा सामाजिक सुरक्षा कोषले कुनै कानुन नियम या ऐनको धमास दिएर कब्जा गर्ने अधिकार राख्दैन ।
राज्यको नागरिक भएपछि नागरिकको दायित्व निर्वाह गर्नु पर्छ भन्ने कुरा हामीलाई राम्रो सित थाहा छ तर यसको मतलब यो हैन की हामी आफ्नो कर तिरेपछिको निजी सम्पत्ति कुनै कोषलाई हस्तान्तरण गरेर आफै असुरक्षित हुन कुरा आउँदैन। योगदानमा आधारित भन्ने अनि निजी र सरकारी कर्मचारी बीच विभेद हुने गरी नियम कानुन ऐन बनाउने अहिले मिहेनत परिश्रम गरेर खाई नखाई जोगाएको पैसा जुन हाम्रो नितान्त व्यक्तिगत सम्पत्ति हो त्यसमा हाम्रो अधिकार नरहने गरी कानुन नियम र ऐन बनाउने अधिकार सरकारलाई कसले दियो २०४७ सालको संविधान त अनुकूल नभएर जनताले आन्दोलन गरी नयाँ संविधान बनाए भने यो एउटा सामान्य ऐन बनाएर हाम्रो मौलिक हक कुण्ठित गर्न खोज्ने भन्दै आक्रोष व्यक्त गरेका छन् ।

२० असार २०७८, आईतवार १६:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस