|  

सिद्धलेकको शेरबेसीमा सार्वजनिक सुनुवाइ सम्पन्न

१० पुष २०७७, शुक्रबार १२:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिद्धलेक/धादिङ
शेराबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गापा वडा नं ७ शेराबेसी धादिङले खानेपानी योजनाको तेस्रो तथा अन्तिम चरणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष शंकर भण्डारी अध्यक्षता तथा सिद्धलेक गाउँपालिका उपाध्यक्ष कमला शर्माको प्रमुख अातिथ्यमा भएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर चक्रपाणि जोशि लगायत उपभोक्ताहरुको सहभागी रहेको थियोे । अक्सफामको सहयोग प्रयास नेपाल धादिङले पुर्णिामा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ४१ घरमा घर घर धारा र २ वटा बिद्यालय धारा गरि ४३ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । प्रयास नेपाल धादिङको ४३लाख ३१हजार ३ सय २१ र जनश्रमदान १८ लाख ३७ हजार ९ सय ३३ समेत गरि ६१ लाख ६९ हजार २ सय ५४ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । शेराबेसि गाउँमा अाज भोलि २४ सै घण्टा घरघरमा स्वच्छ पानी अाउने व्यवस्था गरिएको सामाजिक अगुवा तथा खानेपानी समितिका सचिव बृहस्पति भण्डारीले बताउनु भयो । अहिले सबै घरमा सरसफाइको लागि फोहोर संकलन गर्न डस्बिन राखिएको छ । साथै प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको छ । पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी अाएकोमा महिला तथा बालबालिकालाई धेरै सजिलोमा खुशी भएको सुनाउँदै ९० बर्षिय गणेशमान श्रेष्ठले संचालन गर्ने र सहयोग गर्ने सबै धन्यवाद दिनु भएको सामुदायिक प्राविधिक सिताराम चौधरीले जानकारीले दिनु भयो । कार्यक्रममालाई सम्बोधन प्रमुख अतिथि कमला शर्माले गाउँपालिकाले सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार प्रयास नेपालसँग समन्वयमा शेराबेसीमा खानेपानी योजना संचालन गरेको बताउनु भयो । उपाध्यक्ष शर्माले घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि उपभोक्ता समितिको अनुरोध गर्नु भएको थियोे।

१० पुष २०७७, शुक्रबार १२:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस