|  

सिद्धलेक साना किसान सबलिकरण कार्यक्रमको चौमासिक समिक्षा सम्पन्न

११ पुष २०७६, शुक्रबार ११:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


२०७६ पुस ११ सिद्धलेक/धादिङ
सिद्धलेक गाउँपालिका ,हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम र अक्सफामको साझेदारीमा संचालित पुर्णिामा परियोजना कार्यान्वयन तथा अनुगमन समितिका संयोजक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा बैठक पुस १० गते हिजो सम्पन्न भएको छ ।अाब २०७६,०७७को पहिलो चौमासिकमा भएको कार्यक्रम तथा प्रभावकारीता र उपलब्धिको समिक्षा गरिएको थियो ।

कार्यक्रम सिद्धलेक गाउपालिकाको वडा नं १ देखि ७ सम्म १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गरि ५९ समूह मार्फत सामाजिक पुजि बृद्रि तथा साना पशु बाख्रापालन गरि आय आर्जन बढाउने उदेश्यका साथ संचालनमा रहेको छ । कार्यक्रम मार्फत महिला समूहलाई आधारसिला तालिम, ,सुधारिएको खोर निर्माण नश्ल सुधार ,घाँस खेती प्रबर्द्धन करेसाबारी व्यवस्थापन, पशुबस्तुलाई नाम्ले जुकाको अौषधी खुवाउने ,पिपिआरको भ्याक्सिन लगाउने लगायतका क्रियाकलाप मार्फत सामाजिक पुँजी र महिला शसक्तिकरण मझबुद बनाउने तथा बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिका लागि बाख्रा पालक किसानको ज्ञान सीप र पहुँच वृद्धि गर्दै आम्दानी बढाउने कार्य भई रहेको छ ।

बैठकमा उपाध्यक्ष कमला शर्मा प्रमुख प्रशासकीय अधिकृत ,थनेश्वर पौडेल, वडाध्यक्षहरु, हेफर ईन्टरनेशनलका कार्यक्रम अधिकृत बिशाल बस्नेत, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, उपहार कृषि सहकारीको पदाधिकारीको उपस्थिति रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले चौमासिकमा भएको प्रगति प्रस्तुत गर्नु भएको थियो।

हाल सिद्धलेक गाउँपालिकाका कृषकहरुले व्यवसायीक बाख्रापालन शुरुवात गरेका पाईएको छ । २०७६ को दशैमा मात्रै किसानहरुले १ हजार ८ सय ८७ खसी बोका बिक्री गरेर ३ करोड भन्दा बढि नगद अाम्दानी भएको तथ्यांक रहेको छ । बैठकमा किसानहरुमा पशुपालन गर्ने विधि प्रक्रियामा परिवर्तनले गर्दा आम्दानी र सकारात्मक बानि व्यवहारको विकास भएको तथ्यांक प्रस्तुत भएको थियोे । परम्मपरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्बबलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालन थालनी गरेका पाईएको वडा नंं ४ का वडाध्यक्ष रामहरि बराकोटीले बताउनु भयो । गाउँबस्तीमा नै आएर पशुबस्तु व्यवस्थापन,सुधारिएको खोर निर्माण गर्ने तरिका सिकाएपछि गाउँघरमा व्यवस्थित बाख्रापालन शुरु गरेको बताउनु भयो । वैठक हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम र अक्सफामको साझेदारीमा संचालित पुर्णिामा परियोजनाको तेस्रो चरणमा सम्पन्न ३ वटा योजना हस्तान्तरण तथा चौथो चरणमा संचालनमा रहेको २ वटा योजना को प्रगति समिक्षा र अागामी चौमासिकको योजनालाई गरि सम्पन्न भएको पनि कार्यक्रम संयोजक कोईरालाले जानकारी दिनु भयो ।

११ पुष २०७६, शुक्रबार ११:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस