|  

सुनको टोयलेट चोरी

२९ भाद्र २०७६, आईतवार ०९:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको थियो ।

थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् ।

सुनको यो टोयलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो । उक्त सुनको ट्वाइलेट बिहिबारको एउटा प्रदर्शनीको मुख्य आकर्षणको केन्द्र थियो ।

यो शौचालय प्रयोगमा थियो र दर्शकलाई यसको प्रयोगका लागि बोलाइएको थियो ।

अहिलेसम्म यो टोयलेट भेटिएको छैन तर ६६ वर्षे एक व्यक्तिलाई चोरीको आशंकामा पक्राउ गरिएको छ ।

पुलिसका अनुसार यो चोरीका कारण भवनमा पनि क्षती पुगेको छ किनभने टोयलेट उखेलिपछि त्यहाँ पानी भरिएको छ ।

१८ औं शताब्दिको ब्लेनहेम प्यालेसमा बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म भएको थियो ।

ड्युक अफ मोलबोराका सौतेनी भाइ एडवर्ड स्पेन्सर चर्चिलले पछिल्लो महिना उनी कलाकृतिको सुरक्षाको विषयमा निश्चिन्त भएको र यहाँबाट केही पनि चोर्न सजिलो नभएको बताएका थिए ।

यहाँ आउने व्यक्तिलाई राजगद्दीको प्रयोगमा पनि अनुमती थियो तर तीन मिनेटका लागि मात्रै ।

डिटेक्टिव इन्सपेक्टर जेस मिलनले भने, ‘जुन कलाकृति चोरियो त्यो निकै मूल्यवान् छ । त्यो सुनले बनाइएको थियो र प्रदर्शनीका लागि राखिएको थियो ।’

‘हामीलाई लाग्छ कि चोरले दुईवटा गाडी प्रयोग गरेको हुनसक्छ । कलाकृति अहिलेसम्म भेटिएको छैन तर हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

ब्लेनहेम प्यालेसको तर्फबाट एउटा ट्वीटमा प्यालेस आइतबार मात्रै खोलिने  जानकारी दिएको छ ।

सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो सुनको टोयलेट दिने प्रस्ताव गरिएको थियो ।

साभार: रातोपाटी

२९ भाद्र २०७६, आईतवार ०९:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस