|  

सुनौलो भविष्य को आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

१६ आश्विन २०७६, बिहीबार १७:५२ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भुवन भण्डारी /गजुरी

गजुरी गाउँपालिका वडा नं.५ छबिसे समुदायमा गठित सुनौलो भविष्य सामुदायिक बाल समूह को आयाेजनामा र गजुरि गाउँपालिका वडा नं.५ को सहयोग/समन्वयमा विजय दशमी तथा शुभ-दिपावलि २०७६ को पावन अवसरमा शुभकामना आदान तथा सांस्कृतिक कार्यक्रम बिहिवार सम्पन्न भएको छ।”सुनौलो भविष्य बाल समुहको चाहाना विजय दशमी तथा शुभ-दिपावलि २०७६ को शुभकामना भन्ने मुल नाराका साथ भएको कार्यक्रममा बाल समुह अध्यक्ष सुष्मा लामिछाने को सभापतित्व रहेको थियोे,भने गजुरि गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ज्यु को प्रमुख आतिथ्यता,त्यसैगरी बिशेष अतिथिमा वडा अध्यक्ष रामचन्द्र मिजार, अतिथिहरुमा WCPC वडा संयाेजक/५नं.वडा सदस्य रामशरण लामिछाने ,प्रयास नेपाल प्रतिनिधि नबराज लामिछाने ,गाउँपालिका अध्यक्ष सचिवालय वसन्त दुवाडि ,नवजीवन साना किसान सहकारी अध्यक्ष अम्बिका अधिकारी,जाल्पा देवि महिला समुह अध्यक्ष,एकता बाल समूह अध्यक्ष,बागेश्वरी बाल समूह अध्यक्ष,गलौदी खाेला तरकारी पकेट संकलन केन्द्र अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियोे ।कार्यक्रममा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सङ्गै जनचेतनामूलक गित/नाटक प्रदर्शनि र घैटो फुटाउने कार्यक्रम पनि भएको थियोे ।शुभकामना मन्तव्य दिने क्रममा वडा अध्यक्ष मिजारले वडा लाई बाल मैत्री वडा घाेषणा गर्ने अभियानमा रहेको र अधिक्तम् सुचक पूरा गरिसकेको र अब को केही महिनामा वडा लाई जिल्ला कै पहिलो बाल मैत्री वडा घाेषणा गरिने प्रतिबद्दता जाहेर गर्दै साेहि अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।साथै पछिल्लो समयमा गठन भएता पनि समुदायमा रहेको कुरिति कुसंस्कार न्युनिकरण गर्ने अभियानमा सुनौलो भविष्य अग्रसर रहि समुदायलाई बाल मैत्री समृद्ध समुदाय निमार्ण गरि नमुना बाल समुहको रूपमा रहेको बताउनु भयाे।साथै कार्यक्रम समापन सत्रमा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बाल समुहले गरेको हरेक कामले समृद्ध गाउँपालिका निमार्ण मा टेवा पुगेको बताउनुभयो ।कार्यक्रममा नागरिक समाज,बाल अभियान्ता,महिला समूह,सामाजिक अभियान्ता हरुको उल्लेखनीय सहभागीता रहेको थियो ।साथै नेपालीहरुको महान् पर्वमा अनावश्यक तडभडक नगरी आफ्नो दक्षता हेरि संयमित ढङ्गबाट दसै मनाउन आम वडा बासि लाई द्दाेया अध्यक्ष मिजार र बस्नेत ले आग्रह गर्नुभयो ।

१६ आश्विन २०७६, बिहीबार १७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस