|  

स्वस्तिका ढकालको “कस्ले भन्यो तिमीलाई” सार्बजनिक हुँदै

७ श्रावण २०७७, बुधबार १९:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल आईडलबाट चर्चामा आएकी मकवानपुरकि स्वस्तिका ढकालको पहिलो अफिसियल गीत “कस्ले भन्यो तिमीलाई” यही श्रावण १२ गते सार्वजनिक हुँदैछ । चर्चित गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा रहेको गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिनि भएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिका आँफैले नै निर्देशन गरेकी छिन् । भने भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् ।

७ श्रावण २०७७, बुधबार १९:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस