|  

हरि कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण

९ कार्तिक २०७८, मंगलवार १०:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हरि कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण भएको छ ।  साहित्यकार कृष्ण धरावासी, निबन्धकार युवराज नयाँघरे तथा प्रमोद प्रधानले संयुक्त रुपमा साेमबार उपन्यासको लोकार्पण गरेका हुन् ।

उपन्यासमा द्वन्द्वकालको नेपाली समाजदेखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक घटनालाई मुख्य विषय बनाइएको छ । कटुवालको यो तेस्रो उपन्यास हो । यसअघि उनको दुई उपन्यास अधुरो सपना (२०७३) र रेडलाइट (२०७६) प्रकाशित छन् ।

यस्तै २०७४ सालमा तिमी हाँसेको पल गीतमार्फत उत्कृष्ठ आधुनिक गीतकारको रुपमा ‘नेशनल वक्स अफिस अर्वाड’ पाएका कटुवालका कथा, कविता, गीतहरू फुटकर प्रकाशित छन् ।

पल्लवले प्रकाशनले बजारमा ल्याएको फेरी अर्को बिहानी उपन्यासको बजार मूल्य ३७५ रुपैयाँ छ ।

९ कार्तिक २०७८, मंगलवार १०:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस