|  

हुवासिन सिमेन्ट उद्योगले गर्यो मनपरी : सडक संरचना हडपेर स्वीचिङ स्टेसन सञ्चालन

२ कार्तिक २०७८, मंगलवार ०८:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – निर्माण कार्य थालनी अगावैदेखी बिबादीत चिनियाँ सिमेन्ट उद्योग हुवासिन सिमेन्ट उद्योगले धादिङमा चरम ज्याजती गरेको छ ।

धादिङको बेनिघाट रोराङ गाँउपालिकामा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगले उद्योग संचालनका लागी सडक संरचना हडपेर विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा ल्याएको हो। गत केहि महिना अघी स्वीचिङ स्टेसन निर्माणस्थलबाट उद्योगको संरचनासम्म लैजानका लागी निर्माण गरेको बिद्युत प्रशारण लाईनको टावर निर्माण गर्दा सवारी साधन संचालन गर्नै नमिल्नेगरी टावर निर्माण गरेको थियो ।

उक्त टावर निर्माण गर्दा स्थानियले त्यसको बिरोध गरेको थियो । स्थानियले बिरोध गरेपछी उद्योगका प्रतिनिधीहरुले उक्त टावर स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । तर पछिल्लो समय उद्योगले जवरजस्त उक्त टावर संचालनमा ल्याएको छ ।

उक्त टावर स्थानान्तरण गर्नाको सट्टा उद्योगले चाडबाडको मौका छोपी गत शुक्रवार मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका – ६ मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई चार्ज गरी सञ्चालनमा ल्याएको छ। यो सँगै बिवादित हुवासिन संचालनमा आउन बाटो खुलेको छ। तिहार अगाडि यो उद्योग संचालनमा आउने कम्पनीको दावी छ। तनहुँस्थित तल्लो मस्र्याङदी विद्युत गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने९लुप इन० र बाहिरिने ९लुप आउट० छ।

प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइने छ। हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिने छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दसैंको वेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताएका छन् ।

२ कार्तिक २०७८, मंगलवार ०८:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस