|  

‘हेभिवेट’ पूर्व प्रशासक र राजदूतहरु माओवादी केन्द्रमा

२० आश्विन २०७८, बुधबार ०८:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपालको प्रशासनयन्त्रमा निष्कलंक प्रशासकका रुपमा दरिएका र दीर्घकालीन महत्वका निर्णयहरुमा अगुवाई गरेका पूर्व मुख्यसचिव लीलामणि पौड्याल माओवादी केन्द्रमा आवद्ध भएका छन् ।
माओवादी केन्द्रले सुरेन्द्र (राम) कार्कीको अध्यक्षमा ३१ सदस्यीय विदेश मामिला विभागको गठन गर्दा विभागमा पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु सदस्य रहेका छन् । पौड्याल विवादरहित प्रशासकका रुपमा परिचित छन् भने मास्के पुराना वाम अभियन्ता हुन् ।
पूर्व राजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहसहितका कूटनीतिज्ञ रहेका छन् । पूर्व मुख्यसचिव पौड्याललाई २०७६ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । नेकपाभित्र विवाद चुलिनुको एउटा कारणमा पौड्याललाई दलभित्र छलफलबिना फिर्ता गरेको विषय पनि रहेको थियो ।
केही समयअघि मुख्य सचिव पौडेलले माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग ९वाईसीएल०लाई प्रशिक्षण दिइरहेको भिडियो सार्वजनिक भएको थियो । विभागको उपप्रमुखमा सुरेश आले मगर रहेका छन् ।
सदस्यहरुमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ सदस्य रहेका छन् । हाम्रो मत डटकमबाट ।

२० आश्विन २०७८, बुधबार ०८:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस