|  

५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

२९ जेष्ठ २०७८, शनिबार २१:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


संचारण मिडिया हाउस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजना र Women´s Room Reloded ( WRR) को सहकार्यमा ५ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । २०७८ जेष्ठ २४ गते देखि जेष्ठ २८ गते सम्म संचालित ५ दिने आधारभुत तालिम जुम मार्फत भर्चुअल रुपमा सम्पन्न भएको हो । तालिममा ७ ओटै प्रदेशको जिल्लाहरु बाट करिब ५५ जना सहभागी थिए ।

बिशेषत: पत्रकारिता पढ्दै गरेका र पत्रकारिता सिक्न चाहने WRR सङ आबद्ध किशोरी तथा महिला लाई उक्त तालिम प्रदान गरिएको हो । तालिममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य तथा आम संचार तथा पत्रकारिता विषयको लेक्चर्स शान्तराम बिडारी, मिडिया कानुनको ज्ञाता, अधिवक्ता तथा सम्पादक उज्वल खनाल, वरिष्ठ पत्रकार अस्मिता भण्डारी एवं संचारिका समुह कि महासचिव बिमला तुम्खेवा ले प्रशिक्षण गराउनु भएको थियो ।

तालिमले पत्रकारिता पेशा प्रती जिम्मेवार बन्न, आफुहरुले महत्वपूर्ण सिकाई प्राप्त गरेको र समग्रमा तालिम उपलब्धि मुलक रहेको एक सहभागीले बताइन । ५ दिने आधारभुत तालिम पश्चात् तालिमको औपचारिक समापन समारोहमा बोल्दै महिला उद्धमी तथा थाहा मिडिया ग्रुपको अध्यक्ष अस्मिता सुमार्गीले सहभागीले आफुले तयार पारेका प्रकाशन तथा प्रशारण सामग्रीलाई मिडियामा प्राथमिकताको साथ स्थान दिइने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव यामकुमारी खतिवडा ( बास्कोटा) ले महिलाहरुलाई मात्र प्राथमिकतामा राखेर यो तालिम आयोजना गरिएकोमा खुसी रहेको बताउदै महिलाहरुको हक,हित र अधिकार को लागि अब्बल कलम चलाउन सहभागीलाई आग्रह गर्नुभयो । सहभागीहरुलाई पत्रकारिताको आगामी यात्रामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको तर्फबाट सबै किसिमको सहयोग रहने पनि सचिव खतिवडाले बताउनु भयो ।

२९ जेष्ठ २०७८, शनिबार २१:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस