|  

प्रदेश सचिवको तलब तीन लाख

१५ जेष्ठ २०७६, बुधबार ०९:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं

प्रतिनिधिसभाका सासंदले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा मुख्यसचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले यस्तो धारणा राखेका हुन् ।

समिति सदस्य जनार्दन शर्माले सचिव र मुख्यसचिवको नियुक्ति मन्त्रीले गर्ने व्यवस्था नभई करारमा नियुक्त गर्नुपर्ने प्रस्ताव गरे । उनले प्रदेश सचिवलाई २÷३ लाख तलब सुविधा दिएर कामप्रति आकर्षित गर्नुपर्ने तर्क गरे । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

१५ जेष्ठ २०७६, बुधबार ०९:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस