|  

रमेश आचार्य को नेतृत्व मा धादिङ मा आल्मुनियम, स्टिल र ग्रील व्यबसायिहरु को पहिलो भेला, तदर्थ समिति गठन

२४ जेष्ठ २०७६, शुक्रबार २२:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ– धादिङ को धार्के मा आल्मुनियम , स्टिल र ग्रील व्यबसायीहरुको पहिलो भेला सम्पन्न भएको छ । भेलाले रमेश प्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्य तदर्थ समिती गठन गरेको छ ।

समितीको सह संयोजकमा दिपक खड्का र सदस्यहरुमा सफल कुँवर,सन्तोषकुमार भट्ट, दिनेश तामाङ,रामकृष्ण सुनुवार,अर्जुन अधिकारी चयन भएका छन ।
उक्त पहिलो भेलाले यहि जेठ ३२ गते धादिङ भरका व्यवसायीको पुर्ण भेला गर्ने निर्णय समेत भएको अध्यक्ष आचार्यले बताए। आचार्य ले व्यवसायमा मुल्यको एक रुपता , कामदारको सुरक्षा , व्यवसाय दर्ता लगाएतको व्यवसाय हितका लागि संगठित हुनु परेको बताए ।

पछिल्लो समय एकपछि अर्को व्यवसायीहरुको हित र अधिकारको लागि संगठित हुने क्रम जारी छ । सोही अनुसार धादिङ मा पनि आल्मुनियम , स्टिल र ग्रील व्यवसायी पनि संगठित हुन थालेका हुन । यी व्यवसायीहरुको केन्द्रमा संगठन कायमै छ ।

२४ जेष्ठ २०७६, शुक्रबार २२:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस