|  

मोडल प्रहिल कार्की र अन्जिता कँडेल अभिनित “राखी दिए जिन्दगिको हरेक” सार्बजनिक(भिडियो सहित)

२५ जेष्ठ २०७६, शनिबार २१:५९ प्रकाशित
उपेन्द्र जम्कट्टेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डी आर उपाध्यायको “राखी दिए जिन्दगिको हरेक” म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र सागर अधिकारीको स्वर रहेको “राखिदिए जिन्दगीको हरेक” भन्ने गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको हो ।

नेपाल आइडलकी अस्मिताले स्वर दिएको म्युजिक भिडियोमा युवा मोडल प्रहिल कार्की र अन्जिता कँडेलले मुख्य अभिनय रहेको छ।
डा.डि आर उपाध्यायको शब्दमा बनेको गीतमा प्रेमीप्रेमीका बिचको प्रेम जीवनलाई आधारमा बनाएर संक्षिप्त कथावस्तुको म्युजिक भिडियोको डाइरेक्टर मोडल कार्की नै रहेको छ ।

म्युजिक भिडियोको सम्पादन माधव बेल्वासि, ,संगीत सागर अधिकारी, मिक्सिङ चन्द्र चौधरी, मास्टररिङ प्रकाश मिश्र, कविता र सन्दीप लगायत रहेको जनाइएको छ । भिडियो हेर्नुहोस :

२५ जेष्ठ २०७६, शनिबार २१:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस