|  

युवाहरु लाइ अहिलेको प्रशासनिक बेथिति र पुरानो शैली प्रती आवाज उठाउन प्रदेश मन्त्री जम्कट्टेल को आग्रह

२५ जेष्ठ २०७६, शनिबार २१:१८ प्रकाशित
लोक बहादुर गुरुङ

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर – हेटौंडा उपमहानगर वडा नं ३ को युवा भेला तथा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ। कार्यक्रम बोल्दै कार्यक्रम का प्रमुख अतिथि प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शालिकराम जम्कट्टेलले युवाहरु लाइ अहिलेको प्रशासनिक बेथिति र पुरानो शैली प्रती आवाज उठाउन आग्रह गर्नु भयो ।
अहिलेको सरकार ने क पा को भए पनि राजनीति व्यवस्था फेरिए तर प्रशासनिक संयन्त्र पुरानै,शैली पुरानै भएकाले ठुल ठुला अनुदानहरु गरिव किसानले भन्दा पनि ठुला व्यापारीहरुको हातमा पुगेको भन्दै हिजो कंग्रेस,पंन्च, राजा,राणाहरुको पालामा जसरी चल्थ्यो त्यसै गरि चलाउनु परिरहेकोले अब राज्य ब्यबस्था मात्र होइन सत्ता फेर्नको लागि पुराना ऎन कानुन फेर्नु पर्ने बताउनु भयो । यहि पुरानो प्रशासन, ऎन कानुनले गरिव दुखीको पक्षमा काम गर्न नदिने भन्दै अब यस्को विरुद्ध युवाहरुले लड्नु पर्ने बताउदै आबश्यक परे यो नेतृत्व लिन पनि तयार रहेको बताउनु भयो । दुखी गरिव जनताले जिताएको भन्दै मध्यम वर्ग र धनी वर्गको उच्च सम्मान गर्दै ब्यापार ब्यबसायको सम्मान र संरक्षण गर्दै राज्यले दिएको अनुदान गरिव किसानले पाउनु पर्ने बताउनु भयो ।

२५ जेष्ठ २०७६, शनिबार २१:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस