|  

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ४५ पुग्यो, ३३ जना बेपत्ता (अपडेट)

२९ असार २०७६, आईतवार ०८:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : केही दिन देखिको निरन्तर बर्षा का कारण देशभर जनजीवन प्रभावित बनेको छ।  देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाढी पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।
देशका अधिकांश भेगमा परेको वर्षाका कारण देशैभरी प्रभाव परेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर १ र २ प्रभावित भएका छन्। देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको अवस्था नाघेको छ । वाग्मती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने विन्दुमा पुगेछ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला लगायतका नदी आसपासका मानिसहरूलाई समेत सचेत हुन आह्वान गरिएको बताइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले गएराति डोल्पा, कालिकोट लगायतका जिल्लामा पनि पहिरोका कारण मानिसहरु बेपत्ता भएका र घरहरु समेत बगाएकोले बेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै प्रहरीका प्रवक्ता पोखरेले प्रहरी रातभरी नै सूचना संकलन र उद्धारमा खटिएको बताउनुभयो ।
बाढि पहिरोमा परेका मध्ये ११ सय ४ जनालाई उद्दार गरिएको छ । प्रवक्ता पोखरेलले सबैभन्दा धेरै बाढि र डुबानका कारण प्रदेश २ मा क्षति भएको र एकिन तथ्यांक आउन बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँले पहाडी र मध्य पहाडी क्षेत्रमा पनि पहिरो र वर्षाका कारण क्षतिको एकिन विवरण आइ नसकेको भन्दै उद्दार टोली काममा खटिएको बताउनुभयो ।

CIN बाट

२९ असार २०७६, आईतवार ०८:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस